एजेन्सी -जर्मन क्लब वायर्न म्युनिखले च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको दोस्रो खेलमा बराबरी खेलेको छ । मंगलबार राति भएको खेलमा वायर्नले डच क्लब आयाक्ससँग १ – १ गोलको बराबरी खेलेको हो ।

घरेलु मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा वायर्नले अंक बाडेको हो । खेलको चौथो मिनेटमा म्याट्स हुमेल्सले गोल गर्दै वायर्नलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको २२ औं मिनेटमा नोउसेएर मज्राउइले गोल गर्दै खेल १ – १ को बराबरीमा ल्याए ।

दोस्रो हाफमा दुवै टोलीले थप गोल गर्न सकेनन र खेल बराबरीमा सकियो ।बराबरीसंगै समूह ‘इ’ को वायर्नले २ खेलबाट ४ अंक जोडेको छ । र, लिगको दोस्रो स्थानाम छ । समान खेलबाट ४ अंक नै जोडेको आयाक्स गोल अन्तरमा शीर्ष स्थानमा छ ।

यस समूहको अर्को खेलमा बेन्फिकाले एईके एथेन्सलाई ३ – २ ले हराएको छ । जितसंगै बेन्फिकाले २ खेलबाट ४ अंक जोडेको छ ।

इन्ग्लिश क्लब म्यानचेस्टर युनाइटेडले स्पेनिस क्लब भ्यालेन्सियासंग गोलरहित बराबरी खेलेको छ ।

बराबरीसंगै युनाइटेड २ खेलबाट ४ अंक जोडेर लिगको दोस्रो स्थानमा छ । १ अंक जोडेको भ्यालेन्सिया तेस्रो स्थानमा रहदा अंकबिहिन योङ पुछारमा छ ।