नेपाल निर्माण व्यवसायी महासंघका नवनिर्वाचित अध्यक्ष रवि सिंह सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा) निकट निर्माण व्यवसायी यक्षध्वज कार्कीलाई पराजित गर्दै निर्वाचित भएका हुन्। अागामी तीन वर्षका लागि महासंघको अध्यक्षमा निर्वाचित भएका अध्यक्ष सिंहका नयाँ कार्ययोजना के छन् ?
नेपाल निर्माण व्यवसायी महासंघका नवनिर्वाचित अध्यक्ष रवि सिंह
साना निर्माण व्यवसायीलार्इ दवाउने जुन प्रवृति छ। त्यो प्रवृतिलार्इ हटाउन लागि सरकारसँग सहकार्य गरेर अगाडि बढ्ने मेरो पहिलो कार्ययोजना छ। नेपालभरिका निर्माण व्यवसायीहरूले याे ११ औं महाधिवेशनमा सहभागिता जनाउनु भएको छ। र, मलार्इ उहाँहरूले आफ्नो नेतृत्वको लागि पत्याउनु भएको छ। म उहाँहरूको टाउको तल हुन दिने छैन भनेर प्रतिवद्धता जाहेर गर्न चाहन्छु। रवि सिंहको नेतृत्वले पनि हिजोकै अवस्थाको पुनरावृति गर्यो भन्ने पार्दिनँ।
सबैभन्दा पहिले त म के भन्न चहान्छु भने हामी निर्माण व्यवसायी हौं, ठेकेदार होइनौं। हामी निर्माण कार्य गर्छौं। त्यसैले हाम्रो जिम्मेवारी पनि निर्माण कार्य गर्ने हो। नेपालको ६० प्रतिशत काम निर्माण व्यवसायीले गर्छन्। र, त्यस कामको पनि ९० प्रतिशन कामको हिस्सा २०-२५ वटा निर्माण कम्पनीको हातमा छ। त्यसो भएका कारण उहाँहरूलार्इ यति कामको बोझ छ कि उहाँहरूले सबै कामहरू समयमै सम्पन्न गर्न नसकेको अवस्था छ।
अर्कोतिर अन्य निर्माण व्यवसायीलार्इ अत्ति नै प्रतिस्पर्धा गर्नुपर्ने भएका कारण उनीहरूले एकदमै थोरै मुल्यमा काम लिइरहनुपर्ने अवस्था छ। त्यसैकारण उनीहरूले समयमै काम सम्पन्न गर्न सकेका हुँदैनन्। एकातिर बढी कामको बोझले गर्दा समयमा काम सम्पन्न हुन सकेको छैन। अर्कोतिर बढी प्रतिस्पर्धी भएर घटीमा काम गर्नुपरेकाले पनि समयमा काम सम्पन्न हुन सकेको छैन।
यद्यपी सबै काममा त्यस्तो हुँदैन। धेरैजसो पत्रकार साथीहरूले पनि नबुझेर काम भएन भनेर मात्र हाइलाइट गर्नुभएको छ। त्यसको वास्तविकता के हो? के कति कारणले काम गरेन? साँच्चै नै निर्माण व्यवसायीले नगरेको हो वा अन्य कुनै कारणले काम नभएको हो? यस्ता कुरामा गम्भीर भइदिनुपर्यो।
म एउटा उदाहरण नै दिन्छु। अहिले विमिस्टेक सम्मेलन नभएको भए अझैपनि पत्रकारहरूले यति जनताले दु:ख पाए, उति जनताले दु:ख पाए भन्दै हरेक दिन समाचार बनाएर छाप्थे वा टिभीमा देखाउने थिए। आजकाल त त्यस्तो भएको छैन नि। त्यसो भएपछि के रहेछ त कारण भन्दा तपार्इँहरूको सामुन्ने छर्लङ्ग छ। सरकारी संयन्त्रबीचको समन्वयनको अभावले गर्दा, उदासिनताको कारणले गर्दा, गैरजिम्मेवारीपनको कारणले गर्दा, त्यो काम नभएको रहेछ।
सरकारी संयन्त्रले एक आपसमा समन्वयन गर्दा काम तीन महिनामै सम्पन्न हुने रहेछ त! सबै ठाउँमा यस्तै हो। किनभने सरकारी संयन्त्रहरू जिम्मेवार छैनन्। उनीहरूको धेरै सरूवा हुने र उनीहरूको मुल उद्देश्य के हो भने ठेक्का निकाल्ने त्यसलार्इ पूरा गर्ने योजना बनाउने। सरकारी संयन्त्रले नै पुरा गर्ने गरी योजना बनाउँदैन। एउटाले योजना बनाउँछ र योजना कार्यन्वयन हुने बेला अर्कै कोही योजनामा सम्झौता गर्न आउँछ।
हिजोको दिनमा पार्टीहरूको संयुक्त सरकार थियो। सबैले एकअर्काको फाइदाका लागि काम गर्थे। तर, अहिले दुर्इ तिहार्इको सरकार छ। यो सरकारको नारा पनि छ- समृद्ध नेपाल, सुखी नेपाली। निर्माण व्यवसायीले निर्माण काम राम्रोसँगले गर्न पाए भने नेपाल समृद्ध हुन्छ र नेपालीहरू सुखी हुन्छन्।
त्यसैले मेरो उद्देश्य के छ भन्दा अहिलेको दुर्इतिहार्इको सरकारसँग समन्वयन गरेर हाम्रा कमजोरी सच्याउँदै र सरकारी कमिकमजोरीलार्इ पनि समाधानको बाटोतर्फ लाने मेरो उद्देश्य छ। नेपाल निर्माण व्यवसायीको अध्यक्षको हैसियतले मेरो टिमको सहयात्रामा सहकार्य गरेर बढीभन्दा बढी निर्माण व्यवसायीहरूलार्इ कामको व्यवस्थापन गर्ने अभिभारा मेरो छ र म त्यसलार्इ पूरा गर्न लक्षित हुनेछु।