काठमाडौँ- आईसिसी विश्व टी–२० क्रिकेट अन्तर्गत एसिया छनोट समूह ‘बी’ को पहिलो खेलमा नेपालले म्यानमारलाई पराजित गरेको छ । क्वालालम्पुरस्थित किनरारा ओभलमा बुधबार भएको आफ्नो पहिलो खेलमा म्यानमारालाई ८ विकेटले पराजित गरेको हो ।
म्यानमारले दिएको ३० रनको लक्ष्य नेपालले ३ ओभरमा २ विकेट गुमाएर भेट्टायो ।नेपालका करण केसीले नटआउट १४ रन र विनोद भण्डारीले नटआउट १ रन जोडे। करणले ८ बलमा १ चौका र १ छक्का प्रहार गरे। विनोदले ३ बल मात्र खेले।म्यानमारका टेट वाई र पाइङ दानुले १९१ विकेट लिए । त्यसअघि म्यानमार १० ओभरमा २९ रन जोड्दै अलआउट भएपछि नेपालले सहज लक्ष्य प्राप्त गरेको थियो । कमजोर म्यानमारबीरुद्ध नेपालको स्पिनर हावी भए ।
नेपालका लागि सन्दीप लामिछानेले ४ विकेट लिए। उनले २ ओभरमा ३ रन मात्र खर्चिए। यस्तै ललितनारायण राजवंशीले ३ विकेट लिन सफल भए। उनले ३ ओभरमा २ मेडन राख्दा ३ रन खर्चिए। यस्तै ललित भण्डारी र करण केसीले १–१ विकेट लिए।करण केसी र ललितसिंह भण्डारीले १९१ विकेट लिए । कप्तान लि अउङले १६ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन् । म्यानमारले पछिल्लो ६ विकेट १२ बलको अन्तरमा गुमाएको थियो ।
नेपालको सिनियर टिमले सन् २००६ पछि पहिलोपटक म्यानमारसँग खेलेको हो । सन् २००६ को एसीसी ट्रफीमा नेपालले म्यानमारलाई १० विकेटले पराजित गरेको थियो ।
उक्त खेलमा नेपालले म्यानमारलाई १० रनमा अलआउट गर्दै मात्र २ बलमा खेल जितेको थियो । यस खेल विश्व क्रिकेट जगतकै सबैभन्दा छोटो खेल मध्येको एक खेल हो । छनोटमा नेपालले आयोजक मलेसिया, भुटान, सिंगापुर, चीन, म्यानमार, थाइल्याण्डसंग प्रतिस्पर्धा गर्नेछन् । नेपालले दोस्रो खेलमा मलेसियासंग अक्टोबर ६ मा खेल्दा तेस्रो खेल थाइल्याण्डविरुद्ध अक्टोबर ७ मा खेल्नेछ । यस्तै नेपालले ९ अक्टोबरमा भुटानसंग प्रतिस्पर्धा गर्दा १० अक्टोबरमा चीन र १२ अक्टोबरमा सिंगापुरसंग खेल्ने छ ।
छनोटबाट शीर्ष तीन टोलीले एसिया छनोटमा स्थान बनाउने छन् । एसिया छनोटबाट शीर्ष दुई टोलीले विश्वकपमा स्थान बनाउने छन् । एसिया छनोटमा ७ टोलीले खेल्नेछन् ।अष्ट्रेलियामा हुने टी९ट्वान्टी विश्वकप सन् २०२० को अक्टोबर १८ देखी १५ नोभेम्बरसम्म हुनेछ । जसमा १६ टोलीले खेल्नेछन् ।