एजेन्सी – इंग्लिस क्लब आर्सनल र इटालियन क्लब एसी मिलानले युइएफए युरोपा लिग फुटबलमा आर्सनलले अजरबैजनको क्वारावाग एफसीमाथि तथा मिलानले ग्रीसको ओलम्पियाकोस माथि ३–१ को सहज जित निकालेको हो ।

क्वारावागको घरेलु मैदानमा बिहिबार राति भएको खेलमा आर्सनलको जितमा सोक्राटिस, इमिली स्मिथ र माटियोले गोल गरे । आर्सनलले खेलको पाँचौ मिनेटमा सोक्राटिसको गोलबाट अग्रता बनाएको थियो । नाचो मोनरियलको पासमा सोक्रासिटले गोल गर्न सफल भएको थियो ।

पहिलो हाफमा १–० को अग्रता बनाएको आर्सनलले दोस्रो हाफमा थप दुई गोल गर्न सफल भयो । ५३औं मिनेटमा इमिली स्मिथले गोल गरेपछि आर्सनल २–० ले अघि बढेको थियो । ८०औं मिनेटमा माटियोले गोल गर्दै आर्सनललाई ३–० को सहज जित दिलाए । जितसँगै आर्सनल समूह ‘ईं’ को शीर्ष शीर्ष स्थानमा रहेको छ । आर्सनलसँग पराजित क्वारावाग समूहमा पुछारमा छ । बिहिबार राति नै भएको खेलमा स्पोर्टिङ लिस्वनले भोरक्लामाथि २–१ को जित निकाल्यो ।

बिहिबार राति नै भएको अर्काे खेलमा इटालियन क्लब एसी मिलानले ओलम्पियाकोसमाथि ३–१ के जित निकाल्यो । मिलानको जितमा प्याट्रिक कटरोनले दुई तथा गोन्जालो हिग्विनले एक गोल गरे । ओलम्पियाकोसका गुरेरोले एक गोल गरे । मिलानले खेलमा पछि परेको स्थिति उल्ट्याएको हो ।