पत्रकारितामा हामी नयाँ । विलकुलै नयाँ । उमेरले पनि, अनुभवले पनि । हामीसँग यति उति वर्ष काम गरेको वा भोटो फटाएको फेहरिस्त छैन । विलकुलै छैन ।

तर, हामी पत्रकारिताको अभ्यासप्रति सजग छौँ । र, विलकुल चनाखो रहने छौँ । माझिँदै जाने छौँ । तपाइँसँग सिक्ने छौँ । सुधारका लागि सदैब तत्पर छौँ ।

हामी गाम, ठाम् सुहाउँदो । अनि विस्तारित तथा विस्तार हुन लागेको सहर । हरेक बस्ती र समुदाय सुहाउँदो । सबैले रुचाउने । सबैले बुझ्ने र सबैले पचाउने, नागरिक पत्रकारिता पक्षधर हौँ ।

देशदेशावर पहुँच राख्ने डिजिटल पत्रकारितामा हामी पनि डटकममा आउँदै छौँ । पोष्ट दैनिक डटकमका नामबाट । हाम्रो मजबुद उपस्थितिका लागि तपाईको सहयोग अपरिहार्य छ । विचार, विश्लेषण र दृष्टिकोण । क्रिया, प्रतिक्रिया तपाई कै । हामी मात्र माध्यम हौँ । निकट समयमै हामी तपाईमाझ औपचारिक रुपमा उपस्थित हुँदै छौँ ।