काठमाडौं । आईसीसी विश्वकप टी–२० एसिया क्षेत्र छनोट बी को पाँचौ खेलमा नेपालले बुधबार चीनसँग खेल्दै  छ । खेल नेपाली समय अनुसार विहान ७ : ४५ बाट बायोमास ओभल क्रिकेट मैदानमा सुरु हुने छ ।

जारी प्रतियोगितामा नेपाल सबै भन्दा बलियो टोली हो भने चीन सबै भन्दा कमजोर टोली हो । पुरुष क्रिकेटको इतिहासमा चीन र नेपाल पहिलो पटक भिड्न लागेका हुन् । महिला क्रिकेटमा भने चीन र नेपाल खेली सकेका छन् ।

जारी प्रतियोगितामा नेपाल चार खेलमा चारमा जितका साथ अंक तालिकाको शिर्ष स्थानमा रहेको छ ।

पहिलो खेलमा म्यानमार र दोस्रो खेलमा मलेसियालाई समान ८ विकेटले पराजित गरेको नेपालले तेस्रो खेलमा थाइल्यान्डलाई १ सय ४० र चौथो खेलमा भुटानलाई १ सय १७ रनको फराकिलो अन्तरले पराजित गरेको छ । यता प्रतियोगिताको सबै भन्दा कमजोर टोली चीन ४ खेलमा ४ मा नै पराजित हुदै अंक तालिको पुछारमा रहेको छ ।

चीन पहिलो खेलमा थाइल्यान्डसँग १०, दोस्रो खेलमा भुटानसँग ९, सिंगापुरसँग १० र म्यानमारसँग ८ विकेटले पराजित हुदैँ प्रतियोगिताबाट बाहिरि सकेको छ । अब नेपाल र मलेसियासँगको खेल चीनको लागि प्रतिष्ठाको लडाई मात्र हुने छ ।

त्यस्तै नेपालले अन्तिम खेल आगमी अक्टोबर १२ मा सिंगापुरसँग खेल्ने छ ।