काठमाडौं । अमेरिकी डलरको भाउले एक पछि अर्को नयाँ रेकर्ड कायम गर्दै गएको छ । बुुधबार १ सय १९ रुपैयाँ ३३ पैस पुुगेको डलरको मुल्य बिहिबार केही कम भएपनि १ सय १९ रुपैयाँ माथि नै छ ।

बिहिबारका लागि राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार एक अमेरिकि डलर खरिद गर्न १ सय १९ रुपैयाँ ३ पैसा खर्च गर्नु पर्छ ।बुधबारभन्दा ३० पैसा घटेको हो आज । अघिल्लो हप्ताभन्दा ठिक एक रुपैयाँ बढरयो यो साता ।

साउदी कतार र युएईको रकमको भाउ पनि बढेको छ । यसले वैदेशिक रोजगारीमा रहने नेपालीलाई फाइदा पुुगेको छ भने व्यवसायीलाई घाटा छ । खासगरी विदेशबाट सामान खरिद गर्दा डलरमा भुक्तानी गर्नु पर्ने भएकाले महंगो पर्न जान्छ ।

यस्तो छ बिहिबारको विनिमय दर