काठमाडौं । चिकित्सा शिक्षा विधेयक संशोधन गर्न माग गर्दै संघीय संसद भवन अघि प्रदर्शन गर्ने डा.गोविन्द केसीका समर्थकहरु पक्राउ परेका छन् । डा. केसीका समर्थकले निषेधित घेरा तोडेको भन्दै प्रहरीले २१ बढी प्रदर्शनकारीलाई पक्राउ गरेको हो ।

विवेकशील दलका संयोजक उज्जल थापासँगै सृजन श्रेष्ठ, छिरिङ तामाङ, अमृत विष्ट, विनुकुमार रावल, सुजन अधिकारी, शिशिर राई, दिनेश प्रसाई, अम्बिका कार्की लगायत पक्राउ परेका हुन् । विहिबार नागरिक अगुवाहरुले सामूहिक गिरफ्तारी दिने घोषणा गरेलगत्तै डा. केसीको समर्थमा प्रदर्शन गर्ने समूहहरुको संख्या बढेको छ ।