लहान । प्रदेश २ का भूमि, व्यवस्था तथा कृषिमन्त्री शैलेन्द्रप्रसाद साहले सप्तरी रुपनी गाउँपालिका–१ पुगेर शास्त्री गौशाला पशुपालन फार्मको निरीक्षण गरेका छन् । पाँच विघा १६ धुर क्षेत्रफलमा फैलिएको फार्ममा २५ वटा गाई छन् । निरीक्षणका क्रममा मन्त्री साहले गाईपालन गर्ने कार्य सकारात्मक मात्र नभई अर्थतन्त्रलाई मजबुत बनाउने बलियो आधार भएकाले यसलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए ।

उनले गाई संरक्षणका लागि प्रदेश सरकार आवश्यक सहयोग गर्न तयार रहेको बताए । फार्मका सञ्चालक पण्डित रामकुमार शास्त्रीले व्यापारको दृष्टिकोणले नभइ गौ वंशको संरक्षण गर्ने उद्देश्यले फार्म स्थापना गरिएको सुनाए ।