तस्वीर : वेब

काठमाडौं । नेपालको राष्ट्रिय महिला फुटबल टोलीमा तीन नयाँ अनुहारले मौका पाएका छन् । उमेर समूहको प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्दै आएका तीन खेलाडीले राष्ट्रिय टोलीमा स्थान बनाएका हुन् । नेपाली टाेलीका मुख्य प्रशिक्षक हरि खड्काले भारतको उडिसा भुवनेश्वरमा हुने अन्तराष्ट्रिय प्रतियोगिताको लागि १९ वर्षमुनिका तीन खेलाडीलाई समावेश गरेका छन् ।

नयाँ अनुहार, पुलिस क्लबकी गोलरक्षक उषा नाथ, त्रिभुवन आर्मीकी रक्षक पुजा राना र एपीएफको अग्रपंक्तिकी रेखा पौडेल हुन् । तीनै जना खेलाडीले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका हुन् । १८ वर्षमुनिको साफमा नेपाललाई उपविजेता बनाउन सफल र एएफसी च्याम्पियनसिपमा छनोट गराउन सफल तीन खेलाडीले आफुलाई २३ सदस्यीय राष्ट्रिय टोलीमा उभ्याएका हुन् । तीन नयाँ अनुहारको प्रवेशले दिपा न्यौपाने र रुपा राना मगरले बाहिरिनु परेको छ ।

उडिसाको भुवनेश्वरमा आउने फेब्रुअरी ७ देखि १७ सम्म आयोजना हुने प्रतियोगितामा नेपाल आयोजक भारत सहित म्यानमार र श्रीलंकाले प्रतिस्पर्धा गर्दैछन् । आसन्न साफ र ओलम्पिकको तयारी स्वरुप भारतीय फुटबल महासंघले प्रतियोगिता आयोजना गरेको हो ।

नेपाली महिला टोली
गोलरक्षक : एन्जिला तेम्वाप्पो सुब्वा, अन्जना राना मगर, उषा नाथ
रक्षक : हिरा कुमारी भुजेल, गिता राना, पुनम जर्गा मगर, अमृता जैशी, कविता धिमाल, सुनिता चौधरी, पुजा राना, मनमाया लिम्बु

मध्यपंक्ति : विमला चौधरी, अनिता बस्नेत, दिपा राई, मन्जली योञ्जन, सर्मिला थापा, सुरु लिम्बु, रेनुका नगरकोटी, अनिता केसी
अग्रपंक्ति : अनु लामा, रेखा पौडेल, निरु थापा, सावित्रा भण्डारी