एजेन्सी । ब्राजिलको एक फलाम खानीको बाँध भत्किँदा मृृत्यु हुनेको संख्या ३० नाघेको छ । अहिलेसम्म कम्तिमा ३४ जनाको ज्यान गएको पुष्टि भएको छ । झण्डै ३०० जना अझै बेपत्ता छन् ।

ब्राजिलको दक्षिण् पूर्व क्षेत्रमा पर्ने गेराइस राज्यको ब्रमाडिन्होमा बाँध भत्किँदा ठूलो क्षति भएको हो । शुक्रबार बाँध भत्किएपछि उद्धारकर्मी घटनास्थलमा खटिएका छन् । ब्राजिलको सबैभन्दा ठूलो खानी कम्पनी वालेले बनाएको बाँध के कारणले भत्किएको भन्ने स्पष्ट भएको छैन । बाँध फुटेका कारण हिलोसहितको पानी ग्रामीण क्षेत्रमा फैलिएको छ । यसले ब्रुमाडिन्होको ग्रामीण क्षेत्र प्रभावित भएको छ ।

बेपत्ता भएका मध्ये अधिकांश बाँधको क्याफेटेरियामा बिहानको खाना खाँदै गरेका कामदार छन् । क्याफेटेरिया बाँधले पुरिएको छ । बेपत्ताको जीवितै उद्धार गर्न सक्ने सम्भावना क्षिण बनेको छ ।