काठमाडौं । आइतबार विश्व कुष्ठरोग दिवस मनाइएको छ । अंग्रेजी वर्षको डिसेम्बर ३० सँग तुलना गर्दै त्यसको सबैभन्दा नजिकको आइतबारलाई विश्व कुष्ठरोग दिवसका रुपमा मनाउने चलन छ ।

कुष्ठरोगलाई अपांगतासंग जोडेर हेर्ने गरिन्छ । तर, विश्व स्वास्थ संगठनका अनुसार दिर्घसमयसम्म रोगको सही पहिचान हुन नसक्दा समेत अपांगता हुने गर्दछ ।
करिब तीन हजार वर्षअघि नै मानव शरीरमा कुष्ठरोग पाइएको बताइन्छ । पहिले–पहिले कुष्ठरोग लागेका मान्छे देख्नेवित्तिकै पूर्वजन्मको पाप वा दैवीय श्राप लागेको भन्ने चलन थियो ।

सन् १८७३ मा आएर मात्र नर्वेका वैज्ञानिकले यो पाप वा कुनै दैवीय श्राप नभई विशुद्ध रोग भएको भनी सिद्ध गर्नु गरेका थिए । यो घटनाको करिब १५० बर्ष पनि भएको छैन । नेपालमा कुष्ठरोगीलाई हेर्ने दृष्टिकोण अझै बदलिएको छैन । कुष्ठरोग भएपछि समुदायभन्दा टाढा ओडारमा बस्नु परेका खबरहरु अहिले पनि सुनिन छाडेका छैनन् ।

विश्व कुष्ठरोग दिवसका अवसरमा विभिन्न जनचेतनामुलक कार्यक्रमहरु गरिन्छन् । यस रोगलाई अंग्रेजी भाषामा लेप्रोसी भनिन्छ, लेप्रोसीका विभिन्न अभियानहरु देश विदेशमा सक्रिय छन् । सन् २०१५ को तथ्याकं अनुसार विश्वमा २ लाख १२ हजार कुष्ठरोगीहरु छन् । जसको ६० प्रतिशत भारतमा मात्रै छन् । यस्तै, ईण्डोनेसिया, ब्राजिल लगायतका अन्य धेरै देशहरुमा यसको संक्रमण रहेको बताइन्छ । पोषणको कमी र सरसफाइको अभाव यो रोगको मुख्य कारण रहेको विज्ञहरु बताउँछन् ।