काठमाडौं । कुलेखानी जलविद्युत आयोजनाको जलाशयमा पानीको सतह घटेर यो वर्ष १५२५.६२ मिटरबाट १५२४ंं.८७ मिटरमा झरेको छ । जलाशयको पानीको सतह ०.७५ मिटर घटेको हो ।

कुलेखानी–१ जलविद्युत केन्द्र प्रमुख रामकुमार यादवका अनुसार साँझमा दैनिक ३ घन्टा सञ्चालन हुने ३ देखि ४ सेन्टिमिटर पानी खपत हुने गरेको छ । उनका अनुसार यो वर्ष वर्षा याममा कुलेखानी नियमित सञ्चालन हुँदा पनि पानीको सतह धेरै घटेको छैन ।

माघ महिनामासमेत जलाशयमा पानी जम्मा भइरहेकाले सतह नघटेको उनले बताए । उनले भने, ‘फागुनदेखि वैशाख दोस्रो सातासम्म पानीको खपत क्रमशः बढ्छ ।’ जलाशयको पानी धेरै नघटेकाले वैशाखसम्मको माग कुलेखानीले धान्ने यादवको दाबी छ ।

जलाशयको अधिकतम क्षमता १ हजार ५ सय ३० मिटर हो । ६० मेगावाटको कुलेखानी–१ र ३२ मेगावाटको कुलेखानी–२ हरेक वर्ष कात्तिकदेखि मात्र सञ्चालन गरिन्छ । देशको विद्युत माग र आपूर्तिको सन्तुलन मिलाउने कुलेखानी एकमात्र जलाशय आयोजना हो ।