सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा ‘मानव सेवा आश्रम’ सञ्चालन गरिएको छ । वीरेन्द्रनगर नगरपालिका–१२ मा स्थापना गरिएको सो आश्रम शुक्रबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सडकमा रहेकी वृद्ध लक्ष्मी रेग्मीलाई प्रवेश गराएर उद्घाटन गरे ।

‘कर्णाली प्रदेशको सबै काम सरकारबाट सम्भव छैनन्, निजी क्षेत्रको पनि आफ्नै भूमिका छ’ मन्त्री शाहीले भने, ‘सिङ्गो मानव जीवन र जगत्मा काम गर्ने निकाय सरकारका असल सहयोगी हुन् ।’

आश्रमका प्रमुख संरक्षक डा। टण्डनले यो प्रदेशका सडकमा बेसहारा मानवमुक्त गर्ने उद्देश्यले आश्रम स्थापना गरिएको बताए । डा. टण्डनले कर्णाली प्रदेशअन्तर्गत १२ जिल्लाका १४ स्थानमा आश्रम सञ्चालन गरिएको जानकारी दिए ।