काठमाडौं । रुपन्देही फुटबल संघको आयोजनामा सञ्चालन हुने तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको २१ औ संस्करण फागुन पहिलो साताबाट सुरु हुने भएको छ । प्रतियोगिता फागुन २ देखि ११ गते सम्म चल्नेछ ।

रुपन्देहीको एन्फा टेक्निकल सेन्टरमा सञ्चालन हुने प्रतियोगितामा ए डिभिजनका क्लब सहित १० टिमको सहभागिता रहनेछ । प्रतियोगिताकोको विजेताले ८ लाख ८० हजार र उपविजेता टिमले ५ लाख ५० हजार पाउने रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष कुमार केसीले जानकारी दिए ।

यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल पाउनेछ । विधागत तर्फका खेलाडीले २५ हजार प्राप्त गर्नेछन् । रुस्लान थ्रीस्टार क्लब प्रतियोगिताको साविक विजेता हो ।