काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले केही दिनदेखि बदलीको अवस्थामा रहेको मौसममा शनिबार केही सुधार आएपनि सोमबारबाट फेरि मौसम बदली हुने जनाएको छ ।

मौसमविद समिर श्रेष्ठका अनुसार शनिबार काठमाडौँ उपत्यकासहित देशभरको मौसममा पश्चिमी वायुको प्रभाव कम भएसँगै केही सुधार देखियो ।

सफा हुने क्रममा रहेको मौसमविद श्रेष्ठले जानकारी दिएका हुन् । आइतबार मौसम सामान्यतया सफा रहने छ भने सोमबारदेखि फेरि बदली हुने नयाँ प्रणाली विकास हुने देखिएको छ । आइतबार मध्य तथा पूर्वका तराईका जिल्लामा बिहान हुस्सु लागे पनि दिउँसो खुल्ने मौसमविद श्रेष्ठले बताए ।