एक अस्पतालको इमर्जेन्सी कक्षमा निकै भीडभाडका बीच डा प्रभात रिजालले एक बिरामी हेरे, जसको शरीरमा कोतरिएका निशाना र पिटिएका निलडाम थिए ।

ती महिलाको अस्पताल आगमन अपेक्षित थियो । भीडभाडले भरिएको अस्पताल थियो नेपालको दाङ जिल्लास्थित घोराहीमा रहेको राप्ति उप–क्षेत्रीय अस्पताल ।

डा प्रभात र उनका साथीहरु हरेक रात यस्तै महिला बिरामीको उपचार गदै बित्ने गर्छ ।

सामान्यतया यस्ता चोटग्रस्त महिला साँझ छिप्पिदै गर्दा आइपुग्छन् । हुन्छ के भने यही समय पियक्कड पुरुष मदिरा सेवन गरेर घर फर्किन्छन् र आफ्नी श्रीमतीलाई कुटपिट गर्छन् ।
पतिबाट हिंसाकी शिकार भएकी महिला अक्सर आफ्नो पेट दबाउँदै अस्पताल आइपुग्छन् । कतिपय अवस्थामा कानको दुखिरहेको समेत उनीहरुले बताउँछन् ।

तर, अस्पतालका डाक्टर र नर्स पहिला यी महिलाका शरीरमा चोट र कोतरिएको देख्छन् । यिनैबाट यथार्थ पत्ता लागिसक्छ । ती महिलालाई देख्नेबित्तिकै डा प्रभात रिजाललाई थाहा भइसक्यो कि केही गडबड छ । उनले महिलासँग सोधे– के भयो?

महिला आफ्नो श्रीमान्को पिटाइबाट जोगिन अस्पताल आएकी थिइन् । उनको कपाल पसिनाले भिजेको थियो ।

रातिको समयमा अस्पतालको इमर्जेन्सी कक्ष निकै व्यस्त रहन्छ । तर, डा रिजालले एक नर्ससँगै उनलाई एक निजी कोठामा लिएर गए । उनले कोठाको ढोका बन्द गरिदिए ।

 

यसपछि उनले महिलासँग कुरा गरेर पूरा विषयमा जानकारीमा लिए । श्रीमानले कुटपिट गर्नु सामान्य कुरा होइन भन्दै उनले सम्झाए– श्रीमान्को यस्तो हर्कत सहनु जरुरी हुँदैन ।

 

केही समयपछि एक नर्सले उनकै नजिक रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र लिएर गइन् । यो त्यो ठाउँ हो, जहाँ यस्तै घरेलु हिंसाका शिकार महिलालाई सहयोग गरिन्छ । यस्ता केन्द्रमा एक महिला प्रहरी हुन्छिन् । केही सल्लाहकार पनि हुन्छन्न् जो महिला मानसिक तनाव र आर्थिक चुनौतीबाट बाहिर निस्किन मद्दत गर्छन् ।

 

पति, लिभ–इन पार्टनर वा व्यायफ्रेन्डबाट हिंसाको शिकार हुने महिलाले स्वास्थ्यसँग जोडिएका निकै समस्या झेल्नुपर्छ । यसको सुरुवात डाक्टरकहाँ पुगेपछि हुन्छ ।
कति समय डाक्टर यस्ता समस्याका उपचार मात्रै गर्दैनन् यस्ता समस्याबाट मुक्त हुन समेत मद्दत गर्छन् ।

धेरै देशका सरकारले यस्ता समस्याको समाधानको उपाय अस्पतालभित्रै खोज्ने कुरालाई प्राथमिकता दिएका छैनन । तर, नेपालले घरेलु हिंसाको शिकार महिलाको मद्दतका लागि अस्पतालमै यस्तो केन्द्र बनाएको छ, जो घरेलु हिंसाका शिकार महिलालाई मद्दत गर्छ । यस्ता केन्द्रमा महिलालाई नै नियुक्त गरिन्छ । जसले यी महिलालाई सवै तरिकारले सहयोग गर्न सकुन् ।

 

विश्वका कुनै पनि सम्बन्धमा रहेका महिलामध्ये एक तिहाइ यौन तथा शारीरिक हिंसाको शिकार हुन्छन् ।

कुनै राजनीतिक वा आपराधिक संघर्षबाट गुज्रिरहेको देशमा यस्ता घटना बढी देखा पर्छन् । जस्तो कि कंगो र युगान्डा जस्ता देश । अहिले पनि एशिया, अफ्रिका र ओशिएनियामा घरेलु हिंसाका घटना निकै हुन्छन् । यस्तो होइन कि पार्टनरका हातबाट हिंसाका घटना केवल विकासशील देशमा मात्रै हुन्छ । डेनमार्कमा कुल जनसंख्याकको एक तिहाइ महिला जीवनसाथीबाट हिंसा झेलिरहेका छन् । बेलायतमा ३० प्रतिशत जति महिला कम से कम एकपटक आफ्नो जीवनसाथीबाट हिंसाका शिकार भएका छन् । अमेरिकामा हिंसा झेल्ने महिला ३२ रहेको छ, तीमध्ये १६ प्रतिशतले त यौन हिंसा पनि झेलिसकेका छन् ।

मधुमेह र दमभन्दा गम्भीर स्वास्थ्य समस्या
पार्टनर वा जीवनसाथीबाट हिंसाका शिकार भएका महिलाको स्वास्थ्यमा निकै खराब असर पर्छ ।

अमेरिकामा निकटस्थ साथीबाट हुने हिंसाले १० लाख भन्दा बढी चोटको घटना हुन्छन् । अर्थात् यो मोटोपन र दम भन्दा बढी गम्भीर समस्या हो ।

पिडित महिलाई असाध्यै दुःखाइ, दम, निद्रा नलाग्ने, पेटको गडबडी, मधुमेह र यौनजन्य रोगको संक्रमण भएको देखिएको छ । हिंसा पिडित महिलाले आत्महत्या गर्ने सम्भावना पनि उत्तिकै बढी हुन्छ । उनीहरु अक्सर डिप्रेशन, बेहोश हुने, छारे रोग र तनावका शिकार हुन्छन् । यस्ता महिलालाई जहाँ पहिलो सहयोग मिल्छ, त्यो अस्पताल हो ।

अमेरिकामा अन्य व्यक्तिको तुलनामा साथीबाट हिंसाका शिकार भएका महिला साढे दुई गुणा बढी अस्पताल जान्छन् । अमेरिकामा हत्या हुने महिलामा ४० प्रतिशत उनीहरुका निकटस्थ साथी गर्छन् । अर्थात् हिंसाको सुरुवातमै उनीहरुले सहयोग पाएमा उनीहरुको ज्यान जोगिन सक्छ ।
केही समयअघि मात्रै १५ सय ५४ महिलामा भएको एक रिसर्चले ८८ प्रतिशत महिलाको घाँटी थिच्ने प्रयास भएको दर्शाएको थियो ।

घरेलु हिंसाको उपचार
बेलायतका अस्पतालका कर्मचारीलाई जुन तालिम दिइन्छ, त्यसमा घरेलु हिंसाका शिकार महिलालाई सहयोग गर्ने तरिका बताइदैन । जबकी अमेरिकामा अफोर्डेबल केयर एक्ट नामक कानून छ । यसमा हिंसाका शिकार महिलाको बीमामा उनीहरुलाई सल्लाह दिँदा लाग्ने खर्च पनि समाहित छ ।
अस्पतालका कर्मचारीलाई घरेलु हिंसाका शिकार महिलाको पहिचान गर्न र उनलाई मद्दत गर्नका लागि तालिम यस कुरामा निर्भर रहन्छ कि उनीहरुको उपचार खर्च कसले तिर्छ ?

अष्ट्रेलियाकी विज्ञ केल्सी हेगार्टी भन्छिन्, ‘सरकार निजी अस्पतालबाट यस्तो मद्दत दिने कुराको अपेक्षा गर्न सक्दैन । कतिपय समयमा स्वयंसेवी संस्था यो काम गर्छन् ।’ हेगार्टी भन्छिन्, ‘जुन चुनौती दम र मधुमेह भन्दा बढी छ, त्यसप्रतिको यस्तो नजरअन्दाज समस्याग्रस्त छ । यस्ता महिलालाई सहयोग नगर्नुको नतिजा खतरनाक हुन सक्छ ।’

लेबनानमा भएको रिसर्चबाट थाहा लाग्यो कि हिंसाका शिकार महिलाका बारेमा अस्पतालका कर्मचारी यस्तो ठान्छन्– आक्रामक महिलामाथि यस्तो हिंसा स्वभाविक हो ।

यसकारण यहाँका अधिकांस महिला घरेलु हिंसा लुकाउँछन्। नेपालका आधा महिला घरेलु हिंसाबाट प्रताडित भइसकेका छन् । उनीहरुलाई लाग्छ कि अस्पतालमा कसैलाई यस बारेमा बतायो भने उनीहरु ठट्टाका रुपमा लिनेछन् । उनीहरुलाई असल श्रीमती नरहेको आरोप लगाइनेछ ।

 

घरेलु हिंसामा प्रहरीको नजर
नेपालकी नेहा यस्तै घरेलु हिंसा पिडित एक महिला हुन् । नेहा भन्छिन्, ‘जब म प्रहरीकहाँ गएँ । श्रीमानबाट म कुटिएको घटनालाई कसैले गम्भीरतापूर्वक लिएनन् ।’ त्यसपछि उनी यस्ता हिंसामा परेका महिलालाई सहयोग गर्ने एकद्वार केन्द्रमा गइन् ।

बहस यस्तो छेडिएको छ कि अस्पतालका कर्मचारी कुन तरिकाले नेहा जस्ती घरेलु हिंसा पिडित महिला पहिचान गर्छन?

केही भन्छन्– त्यस्ता महिलाको जाँच गरियोस, जो पति वा पुरुष साथीकबाट हिंसाका पिडित रहेको सम्भावना छ ।

यस्ती महिलासँग सोध्नुपर्छ– के ऊ घरमा श्रीमान्को मारपिटबाट हैरान छ । तर, यो प्रश्नबाट समाधान निस्किन्छ नै भन्न मुश्किल छ ।

नेपालको जस्तो व्यवस्थाले महिलाहरुलाई घरेलु र यौन हिंसाबाट जोगाउन सहयो गर्ने धेरै जानकार व्यक्ति बताउँछन् ।

नेपालमा कसरी हुन्छ महिलालाई मद्दत ?
नेपालको घोराहीस्थित एकद्वार संकट निवारण केन्द्रमा माया नामकी महिला हरियो रङको बेडमा पल्टिएकी थिइन् । उनी एक दिन पहिले अस्पतालको इमर्जेन्सी वार्डमा आएकी थिइन । अहिले भने उनी यो केन्द्रमा राधा पौडेललाई भेट्न आएकी हुन् । राधा उनीसँगै बसिरहेकी थिइन् ।
उनले मायाका शरीरमा चोट र निलडाम देखिन् । नजिकै रहेको कागजमा उनको स्वास्थ्य अवस्था र समस्याका बारेमा टिपोट गरिन । मायाले टाउको दुखिरहेको, हातमा चोट लागेको, टाउको सुनिएको, मुटु दुखेजस्ता हुने र ढाड दुख्ने समस्या रहेको बताइन् । राधाले मायासँग सानो स्वरमा भनिन्, ‘तिमी पहिले पनि आफ्ना श्रीमान्सँग यहाँ आएकी थियो नि ।’

 

मायाले आफ्ना श्रीमानले यहाँ आउन इन्कार गरेको बताइन् । घरमा बच्चा हेरिरहेको जनाइन् ।

मायाले केही महिनाअघि श्रीमानका विरद्ध उजुरी गरेकी थिइन् र त्यसको केही दिनसम्म उनका श्रीमान्लाई थुनिएको थियो । पछि मायाले श्रीमान्सँग डिभोर्स गर्नका लागि निवेदन हालिन् । केन्द्रकी प्रहरी अधिकारी प्रहरी सविता थापाले उनलाई मद्दत गरेकी थिइन् । थापा यही केन्द्रमा तैनाथ छिन ।

राधाले मायालाई नजिकै रहेको महिलाको एक संस्थासम्म र्पुयाइन् । जो मायालाई आर्थिक आम्दानीका लागि सहयोग गरिरहेको छ ।

 

अहिलेको यो व्यवस्था ठिक होला वा नहोला तर यो नेपालका महिलाका लागि सहयोगी सावित भइरहेको छ । माया सहयोग पाएपछि पनि हिंसाकी शिकार भइरहेकी थिइन् । अन्त्यमा एकद्वार केन्द्रबाट कानूनी, मेडिकल र आर्थिक सहयोग पाइन् ।

स्वयंसेवी संस्थाको भूमिका
नेपालमा पहिलो संकट निवारण केन्द्र २०११ मा खोलिएको थियो । यसको सुरुवात मध्य नेपालबाट भएको थियो । अहिले देशका धेरै अस्पतालसँग मिलेर यी केन्द्रले काम गरिरहेका छन् ।
सन् २०१५ मा सरकारले यस्ता केन्द्रका विषयमा नियम कानून तय गरेको छ । अस्पतालका कर्मचारीले यस्ता महिलाको जाँच गरेर सहयोगका लागि सहयोग केन्द्र र्पुयाउने तय गरिएको छ । यसमा जेपिगो र संयुक्त राष्ट्र संघले पनि नेपाललाई सहयोग गरिरहेका छन् ।

 

नेपालमा अहिलेसम्म सयौं स्वास्थ्यकर्मीलाई हिंसा पिडित महिलालाई सहयोग गर्ने विषयमा तालिम दिइसकिएको छ । तालिम स्त्री रोग विशेषज्ञ, फ्यामिलि मेडिसिनदेखि अस्पतालका सामान्य कर्मचारीलाई समेत दिइएको छ ।

 

घोराहीमा रहेको अस्पतालका कर्मचारी हिंसा पिडित महिलाका लागि यो केन्द्र निकै सहयोगी सावित भएको ठान्छन् । सन् २०१३ मा जम्मा ७३ महिला यो केन्द्रमा आए भने पछिल्ला ४ वर्षमा यो संख्या बढेर ४ सय ९३ पुगिसकेको छ ।

 

यो योजनाको प्रोटोकल तय गर्ने मध्य एक सरोज पान्डे भन्छिन्, ‘स्वास्थ्यका कर्मचारी यस्ता महिलालाई सहयोग गर्न हिचकिचाउँथे । महिलालाई यस्ता केन्द्रमा पठाएर उम्किन्थे । कति महिला दोस्रापल्ट आउँदैनथे । कोही डरका कारण घरमै बस्थिन् । कतिले त आत्महत्या समेत गरिसकेका छन् ।’

तर, अहिले नेपालका स्वास्थ्य कर्मचारीलाई हिंसा पिडित महिलाको सहयोगको लागि व्यापक तालिम दिइएको छ । उनीहरुलाई त्यस्ता महिलासँग गर्ने कुराकानीको तरिका सिकाइएको छ । यहाँसम्म कि कति कर्मचारीलाई कसरी मद्दत गर्ने भनेर पिडितको भूमिका दिएर सम्झाइन्छ । अदालतको प्रक्रियाको जानकारी समेत दिइन्छ ।

सेवाभावबाट गरिन्छ महिलालाई मद्दत
कर्मचारीहरुलाई बताइन्छ कि उनीहरुले यस्ता महिलाप्रति सहानभूति राख्नुपर्छ । तालिम दिने ईश्वर प्रसाद उपाध्याय भन्छन, ‘यो सिर्फ एउटा काम मात्रै नभएको भनेर कर्मचारीलाई सम्झाइन्छ । यदि मनदेखि सेवा गर्न सक्दैनन् भने त्यस्ता महिलाको सहयोगबाट आफूलाई टाढा राखे हुन्छ ।’

नेपालका अलवा रुवान्डा, ग्वाटेमाला, भारत, इग्ल्यान्ड, मलेसिया, दक्षिण अफ्रिका र कोलम्बियामा पनि यससँग मिल्दोजुल्दो व्यवस्था छ । जोर्डन र डोमिनिकन रिपब्लिक जस्ता देशमा त बिरामीको जाँच नै गरिन्छ, कहीँ घरेलु हिंसा त होइन भनेर ।

जानकार भन्छन्, ‘स्वास्थ्य सेवाका कर्मचारीलाई तालिम दिएर मात्रै पुग्दैन । यस्ता महिलाहरु पुनस्र्थापना गर्ने ठाउँको व्यवस्था गरिनुपर्छ । आर्थिक उन्नतीको बाटो देखाउनुपर्छ । यसले मात्रै हिंसाको दुष्चक्रबाट उनीहरु निस्किन सक्छन् ।’

घोराहीमा कति समय सहयोग प्राप्त हुन समय लाग्दा महिला यस्ता केन्द्रमा नआउने गरेका छन । उनीहरु मारपिट गर्ने पतिका विरुद्ध प्रहरीमा उजुरी गर्नुको सट्टा आफन्तका सहयोगमा समस्या सुल्झाउने कोशिश गर्छन ।

नेपालमा कतिपय अवस्थामा प्रहरी समेत आपसी बातचितबाट समस्या सुल्झाउन सल्लाह दिन्छन् । जबकी यसले महिलामा हिंसा अझै बढ्ने डर बढ्दै जान्छ ।
अमेरिकामा भएको एक रिसर्चले यो प्रमाणित समेत गरिसकेको छ ।

जानकारका अनुसार स्वास्थ्य सेवासँग जोडिएका कर्मचारी हिंसा पिडित महिलाको मद्दतका लागि तालिम जरुरी छैन । उनीहरु यत्तिकै पनि गर्न सक्छन् । हिंसा पिडित महिलासँग निकै सावधानीका साथ प्रश्न सोध्नुपर्छ ।

यदि कुनै महिला प्रश्नको उत्तर दिन हिचकिचाएमा उनीहरुका साथीलाई उनीको सम्बन्धका बारमो सोध्नुपर्छ । त्यसपछि फेरि सल्लाह दिनेहरुकहाँ पठाउनुपर्छ । यदि महिला सँगै आएका परिवारजन वा नातेदार उनीहरुलाई एक्लै छाड्दैनन् भने कुरा शंकास्पद हुन सक्छ ।

लेबनानका जिना उत्सा भन्छन्, ‘जो महिला मारपिट पछि पनि आफ्ना श्रीमानसँग रहन चाहन्छन्, उनीहरुको सुरक्षाका लागि पर्याप्त व्यवस्था हुनुपर्छ । घरमा कुनै हतियार वा धारिलो वस्तु हुनुहुँदैन ।’

जसलाई सहयोग मिल्यो
महिलासँग सहयोग गर्नेको नम्बर हुनुपर्छ । हिंसा गर्नेका घरको ढोका यस्तो हुनुपर्छ कि जहाँबाट निस्किन मुश्किल होस ।

जिनान उत्सा भन्छन् , ‘पिडित महिलासँग कुराकानी गर्नु, उनीहरुका कुरा सुन्नु आफैंमा एउटा उपचार हो । यसबाट महिलालाई आफू एक्लो नरहेको महशुस हुन्छ ।’

पतिको हातबाट हिंसाकी शिकार भएकी सविता यो कुरामा सहमत छिन् । एकपल्ट उनी पानी परिरहेका बेला घोरीहीको मद्दत केन्द्र पुगेकी थिइन् । उनी एक कुनामा बसेर कर्मचारी काम गरिरहेको हेरिरहेकी थिइन ।

तीन वर्ष पहिले उनी यस केन्द्रमा आफ्नो गुनासो लिएर आएकी थिइन् । अहिले सविता अक्सर यहाँ सल्लाह सुझाव लिन आउने गर्छिन् । पछि उनको श्रीमान्सँग सम्झौता भयो र उनी साथ रहन थालेकी हुन् । यही केन्द्रका कारण उनी डिप्रेशनबाट पनि उम्किएकी छिन् ।

अहिले सविता हिंसा पिडित अन्य महिलालाई पनि यहाँ पठाउने गर्छिन् । सविता भन्छिन, ‘सहयोग केन्द्रले जुन तरिकाले उनको रेखदेख गर्यो । सहयोग गयो । त्यति त मेरा आमाबुवा पनि गर्न सक्दैनन् ।’

(स्वास्थ्य सरोकारबाट, ट्रिसिया ट्रोमिनाले बीबीसी फ्युचरका लागि गरेको रिपोर्टिङ)