एजेन्सी । सोमालियाको राजधानीको एक व्यस्त बजारमा विस्फोटक पदार्थले भरिएको कार विस्फोट हुँदा कम्तीमा नौ जना मारिनुका साथै अरु धेरै मानिस घाइते भएको त्यहाँको प्रहरीले जनाएको छ ।
प्रहरी अधिकृत अहमद मोलिन अलिले राजधानी मोगादिसुको एक व्यस्त व्यापारिक केन्द्र नजिकै विस्फोट भएको र त्यसबाट मानिसको मृत्यु हुनुका साथै धेरै मानिस घाइते भएको जानकारी दिएका छन् । नौ जनाको मृत्यु भएको पुष्टी भइसकेको र अरु धेरै घाइतेको अस्पतालहरुमा उपचार भइरहेको पनि बताएका छन् ।
व्यापारिक केन्द्र (मल) को पार्किङ इलाकामा कार राखिएको र त्यही कार विस्फोट भएको प्रत्यक्षदर्शीको भनाइ छ ।
व्यापारी मुनिरा अब्दुकादिरले भने, “मैले हमरवाइनी बजारको छाना खसेर पुरिएका चार जनाको शब मैले देखेको थिएँ । अरु तीन जना पार्किङ क्षेत्रमा ढलेका थिए ।”
मोगादिसुमा इस्लामिक समूह अल–सबाबसँग आबद्ध अल–कायदाले नियमित झैं आक्रमण गर्ने गरेका छन् ।
यो समूहलाई सन् २०११ मा राजधानी मोगादिसुबाट बाहिर लखेटिएको भए पनि उनीहरुले लुकीछिपी राजधानीमा आक्रमण गरिरहेको पाइएको छ ।