एजेन्सी, गुजरात । प्रदुषण नियन्त्रणका लागि भन्दै भारतको गुजरातमा रहेको पारुल विश्वविद्यालयले क्याम्पस परिसरभित्र पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई रोक लगाएको छ ।
ध्वनि तथा कार्वन उत्शर्जनका कारण शिक्षक र विद्यार्थीहरुको स्वास्थ्य र क्याम्पसको वातावरणलाई असर गरेको भन्दै थप बिग्रन नदिनका लागि यस्तो व्यवस्था गरिएको क्याम्पसले जनाएको छ ।
क्याम्पसमा यातायातका लागि साईकलको प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको समाचारमा उल्लेख छ । क्याम्पसमा प्रयोगका लागि विश्वविद्यालयले अहिले पहिलो चरणमा एक सय साईकल पनि ल्याएको छ ।
साईकल प्रयोग गर्न चाहनेलाई दैनिक, साप्ताहिक वा मासिक रुपमा न्युन भाडा शुल्क बुझाएर प्रयोग गर्न पाउने व्यवस्था पनि गरिएको छ ।
क्याम्पसका अध्यक्ष देभेशुं पटेलले भने ”हाम्रो विश्वविद्यालय झण्डै १२० एकडमा फैलिएको छ, विद्यार्थी र शिक्षकहरुलाई एक ठाउँबाट अर्को ठाउँमा जान धेरै समय लाग्छ, त्यसैले हामीले साइकलको व्यवस्था गर्न लागेका हौँ, ।”
हरित तथा स्वच्छ वातावरण बनाउने उद्देश्य पुरा गर्न क्याम्पसमा पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई रोक लगाइएको क्याम्पसका उच्च अधिकारीहरुले बताएका छन् ।