काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री वद्रीप्रसाद न्यौपानेसहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएको छ ।
तत्कालीन महिला, बालवालिका तथा समाज कल्याणमन्त्री एवं समाज कल्याण परिषद्का तत्कालिन अध्यक्ष समेत रहेका न्यौपानेमाथि भृकुटीमण्डपस्थित फनपार्क मेला क्षेत्र रहेको ६० रोपनी जग्गा भाडामा लगाउँदा ३१ करोड ५२ लाख १७ हजार ६७५ रुपैयाँ २० पैसा भ्रष्टाचार गरेको दाबी अख्तियारले गरेको छ ।
तत्कालीन मन्त्री न्यौपाने र उपाध्यक्ष मेहताको मिलेमतोमा २०६९ साल भदौमा रविन्द्र गुरुङलाई मासिक ५ लाख ५५ हजारमा १५ वर्षका लागि फनपार्क मेला सञ्चालन गर्न अनुमति दिइएको थियो ।