काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले आज १६औँ वार्षिकोत्सव मनाउँदै छ । टेलिकम स्थापनाको १५ वर्ष पूरा गरी १६औँ वर्षमा प्रवेश हो ।
दूरसञ्चार नीति अनुसार तत्कालीन कम्पनी ऐन २०५३ अन्तर्गत नेपाल दूरसञ्चार संस्थानलाई नेपाल दूरसञ्चार कम्पनी लिमिटेडमा रुपान्तरण गरिएको थियो । कम्पनीमा रुपान्तरण भएपछि नेपाल टेलिकमका नामबाट आफुलाई परिचित गराएको दूरसञ्चार कम्पनीले विभिन्न व्यवसायिक गतिविधिहरु गरिरहेको छ ।
१९७३ सालमा ओपन वायर म्याग्नेटो प्रणालीबाट नेपालमा दूरसञ्चार सेवा आरम्भ भएको हो । १९७४ सालदेखि सर्वसाधारणले समेत टेलिफोन प्रयोग गर्न सक्ने व्यवस्था भएको थियो, भने ९१९१ मा टेलिफोन हेठ अफिस कार्यालयको स्थापना भएको थियो । १९९२ सालदेखि मात्रै नेपालमा दूरसञ्चार सेवा निजी तथा व्यक्तिगत घरहरुमा समेत उपलब्ध हुन थालेको बताइन्छ ।
२००५ सालमा मोहन अकाशवाणीको नामबाट आकाशवाणी सेवा शुरु भएको थियो । र, यसको कार्यालयलाई आकाशवाणी हेड अफिसको नामबाट चिनिन्थ्यो । २०१६ सालमा आकाशवाणी हेड अफिस र टेलिफोन हेड अफिस कार्यालयलाई एकै ठाउँमा गाभेर निर्माण यातायात र सञ्चार मन्त्रालयअन्तर्गत ‘दूरसञ्चार विभाग’को स्थापना भएको कुरा टेलिकमले वार्षिकोत्वमा सम्झिएको छ । त्यो विभाग पछि २०२६ साल कात्तिक १ गते दूरसञ्चार समितिमा परिणत भएको र २०३२ साल असार १ गते नेपाल दूरसञ्चार कम्पनी लिमिटेड स्थापना भएको बताइएको छ ।
नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको रुप धारण गर्न भने २०६० सम्म कुर्नु परेको टेलिकमका अधिकारीहरु बताउँछन् । २०६० माघ २२ गते (आजकै मिति)मा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड अथवा नेपाल टेलिकम स्थापना भएको हो । टेलिकमले सस्तो भरपर्दो दूरसञ्चार सेवा सर्वसुलभरुपमा सबैलाई उपलब्ध गराउनुका साथै दूरसञ्चार प्रविधिको क्षेत्रमा देशकै अग्रणी सेवाप्रदायकको रुपमा स्थापित भइरहने परिकल्पना गरेको छ ।
देशभर भरपर्दो दूरसञ्चार सेवा उपलब्ध गराई देशको आर्थिक र सामाजिक विकासमा उल्लेखनीय योगदान पु¥याउने र शहर देखि अति विकट क्षेत्रमा समेत गुणस्तरीय, सर्वसुलभ तथा अत्याधुनिक सेवाहरु उपलब्ध गराउने नेपाल टेलिकमको लक्ष्य छ ।