रुकुमकोट । रुकुम पूर्वको सदरमुकाम तोक्ने विषयमा आन्दोलन थप चर्किदै गएको छ । जिल्ला प्रशासन कर्यालय रुकुम पूर्वले गएको आईतबार साँझ देखि घोषणा गरेको कर्फ्यू हटेको छैन । आन्दोलित स्थानीयले खोलखाडामा रुकुम पूर्व जिल्ला सदरमुकाम लेखिएको बोर्ड टाँगेका छन् ।

अघिल्लो सरकारको निर्णय कार्यान्वायन गर्न माग गर्दै आन्दोलनमा उत्रिएका उनीहरुले दबाव दिन जिल्ला सदरमुकामको बोडनै टाँगेका हुन् । आन्दोलित स्थानियले जिल्ला प्रशासनमा ज्ञापन पत्र समेत बुझाएका छन् ।

जिल्ला सदरमुकाम विवादले तनावग्रस्त रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिकाका सबै वडा र भूमे गाउँपालिकाका केही वडामा गएको निर्वाचनमा दिएको मत फिर्ताको माग गर्दै हस्ताक्षर संकलन थालिएको छ । पुथाउत्तरगंगाका १४ वडा र भूमेका तीन वडाका बासिन्दाले गोलखाडा सदरमुकामको पक्षमा मत जाहेर गर्दा पनि संघीय तथा प्रदेश सांसदहरु केही नबोलेको भन्दै मत फिर्ताको मागसहित हस्ताक्षर अभियान समेत थालिएको बताइएको छ ।

संघीय सांसद कमला रोका तथा यो क्षेत्रबाट प्रदेश सांसद तेजबहादुर ओली छन् । सांसदहरु मुद्दा अदालतमा विचाराधीन रहेकाले अहिले केही गर्न सक्ने अवस्था नरहेको भन्दै स्थानीयलाई संयमित बन्न अनुरोध गरिरहेका छन् ।