काठमाडौं । काठमाडौंमा केही समय पहिले श्रृंखलावद्ध रुपमा चलेको टिपर आतंक फेरि सुरु भएको छ ।

टिपरको ठक्करबाट काठमाडौंमा २० वर्षीय एक युवकको मृत्यु भएको छ। कागेश्वरी मनोहरा नगरपालिका–७, खहरेचोकमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा सिन्धुपाल्चोक जुगल गाउँपालिका –४ का २० वर्षीय श्याम विकको मृत्यु भएको हो ।

प्रहरीका अनुसार टिपरको ठक्करले घाइते भएका मोटरसाइकल चालक २३ वर्षीय निशान विकको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। मध्यराति साढे १२ बजेतिर ना ५ ख ८०८४ नम्बर टिपरले बा ५४ प ७२६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । ठक्कर दिएपछि भागेका टिपर चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।