नुवाकोट । भूकम्पले चर्किएको घर भत्किएर एक वृद्धको मृत्यु भएको छ ।

बेलकोटगढी नगरपालिका–७ रातमाटेस्थित आलडाँडामा घर भत्किएर ८५ वर्षीय कप्तान तामाङको मृत्यु भएको प्रहरी निरीक्षक सुदर्शन थापाले जानकारी दिए । नयाँघर निर्माणाधीन अवस्थामा रहेकाले तामाङ परिवार भूकम्पले चर्किएको कच्ची घरमा बस्दै आएको थियो ।

घर भत्किँदा च्यापिएर वृद्धको मृत्यु भएको बेलकोटगढी नपा–७ का वडाध्यक्ष हेमनिधि नेपालले जानकारी दिए । तामाङ बाहेक परिवारका अन्य सदस्य टहरामा बस्दै आएका कारण सकुशल छन् ।