काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले वुधबार देशका अधिकांश क्षेत्रमा मौसम सामान्यदेखि पूर्ण बदली रहने जनाएको छ ।

महाशाखाले जारी गरेको सूचना अनुसार पश्चिमी भूभागमा पूर्ण बदली हुनुका साथै मध्य भूभागमा सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली हुने सम्भावना छ । पश्चिमका केही स्थानमा सामान्य वर्षाको सम्भावना पनि रहेको मौसमविदले बताएका छन् ।

त्यस्तै, पश्चिम र मध्यका उच्च पहाडी भूभागमा हिमपातको सम्भावना पनि रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विहिबार (भोलि)भने देशका अधिकांश स्थानमा हल्कादेखि भारी वर्षा हुने संभावना छ ।