एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ्ग उनसँगको दोस्रो वार्ता यही महिना अर्थात् फेब्रुअरीमा हुने घोषणा गरेका छन् । ट्रम्पले यही फेब्रुअरी २७ र २८ मा किमसँग भेटवार्ता हुने तिथि जुरेको जानकारी दिएका हुन् ।

भियतनाममा हुने यो भेटवार्तामा परमाणु हतियार नष्ट गर्ने विषयमा केन्द्रित हुने छ । यसअघि पहिलो भेटवार्ता सिंगापुरमा भएको थियो । त्यो भेटमा कोरियाली प्रायद्वीपमा परमाणु हतियार मुक्त गर्ने र त्यसका लागि उत्तर कोरियालीले हतियार प्रयोग र परीक्षण बन्द गर्ने सहमति भएको थियो ।

यो सहमतिसँगै अमेरिकाले उत्तर कोरियामा लगाउँदै आएको आर्थिक नाकाबन्दी हटाइएको थियो । तर, उत्तर कोरियाले सहमति कार्यान्वयन नगरेको आरोप लगाउँदै अमेरिकाले नाकाबन्दी कायमै राखेको छ ।