काठमाडौं । रुकुम पूर्वको सदरमुकाम तोक्ने विषयमा आन्दोलन थप चर्किदै गएको छ । जिल्ला प्रशासन कर्यालय रुकुम पूर्वले गएको आईतबार साँझ देखि घोषणा गरेको निषेधित क्षेत्र घोषणा हटेको छैन । आन्दोलित स्थानीयले गोलखाडामा रुकुमपूर्व जिल्ला सदरमुकाम लेखिएको बोर्ड टाँगेका छन् ।
रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले अवस्था सामान्य भएपछि मात्रै निषेधित क्षेत्र घोषणाको निर्णय फिर्ता हुने र त्यसलाई कर्फ्यू भन्न नमिल्ने बताएका छन् । आन्दोलित स्थानियले जिल्ला प्रशासनमा ज्ञापन पत्र समेत बुझाएका छन् ।
जिल्ला सदरमुकाम विवादले तनावग्रस्त रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिकाका सबै वडा र भूमे गाउँपालिकाका केही वडामा गएको निर्वाचनमा दिएको मत फिर्ताको माग गर्दै हस्ताक्षर संकलन भएको छ ।