काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले छिट्टै हेजिङ फण्ड सञ्चालनमा आउने बताएका छन् । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको सुझाव संकलन गर्ने क्रममा गभर्नर नेपालले सबै प्रकृया पुरा भएको भन्दै फण्ड सञ्चालनमा आउने बताएका हुन् ।
विदेशी लगानीमा सञ्चालन हुने आयोजनाहरुको सहजताका लागि फण्ड सञ्चालन गर्न नेपाल उद्योग परिसंघका बरिष्ठ उपाध्यक्ष सतिशकुमार मोरले सुझाव दिँदै गर्दा गभर्नर नेपालले तत्कालै यस्तो जवाफ दिएका हुन् । मन्त्री परिषदले फण्डको कार्यविधि पारित भैसकेको बताउँदै गर्भनर नेपालले फण्ड सञ्चालनको तयारी भैरहेको बताएका हुन् ।