संखुवासभा । संखुवासभाको चिचिला गाउँपालिका–३, पुखुवाखोला दोभानमा निर्माणाधिन अरुण तेस्रोको पावरहाउसनजिकै २ वटा बम पड्काइएको छ ।

बिहीबार राति पावरहाउसदेखि १ सय १५ मिटर पूर्वमा बम पड्कँदा २ वटा जेनेरेटरमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

बम किन र कसले पड्कायो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सन् २०२२ सम्म उत्पादन हुने अरुण तेस्रो परियोजनाबाट ९ सय मेघावाट विद्युत्त उत्पादन हुनेछ । यस बहुचर्चित परियोजनाको काम भारतीय सतलज कम्पनीले काम गरिरहेको छ ।

भारत भ्रमणको समयमा वैशाख २८ गते प्रधानमन्त्री केपी शर्मा ओलीर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नुमको फ्याक्सिन्दामा रहेको अरुण तेस्रोको शिलान्यास गरेका थिए । त्यसयता सतलज कम्पनीले कामलाई तीव्रता दिएको छ ।