हुम्ला । केही दिनदेखि लगातार परेको हिमपातले जिल्लाको उत्तरी भेगमा रहेको नाम्खा गाउँपालिकाको तुम्कोटस्थित कर्णाली नदीमा पानीको बहाव घटेको छ ।
नाम्खा गाउँपालिका– ६ लिमीबाट कर्णालीमा पानीको बहाव घटेको प्रहरी नायब उपरीक्षक रबिनकुमार श्रेष्ठले जानकारी दिए । श्रेष्ठले भने, “के कति कारणले पानीको बहाव घटेको हो, कुनै जानकारी छैन” ।
यसबारे मुचु–६ तुम्कोटस्थित प्रहरी चौकीमा कार्यरत प्रहरीसँग जानकारी लिने काम भइरहेको पनि बताए । “बाक्लो हिमपातका कारण पानीको बहाव घटेको हुनसक्छ”, श्रेष्ठले भने ।