रुपन्देही । तेइसौँ जनयुद्ध दिवसको अवसरमा आयोजना गरिने चौथो शहीद स्मृतिकप खुला नकआउट फुटबल प्रतियोगिता २०७५ बुटवलमा हुने भएको छ । शहीद स्मृति खेलकूद क्लबको आयोजना तथा मदन भण्डारी स्र्पोट्स एकेडेमीको सहकार्यमा प्रतियोगिता हुने भएको हो

फागुन १ गतेदेखि रामनगर खेलमैदानमा हुने उक्त प्रतियोगिताका लागि सबै तयारी पूरा भएको बुटवलमा आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष योगेन्द्र गौतमले जानकारी दिए ।

उक्त प्रतियोगितामा विजेतालाई रु एक लाख एक हजार र उपविजेतालाई रु ५० हजार ५०० सहित कप तथा प्रमाणपत्र प्रदान गरिने गौतमले बताउनुभयो । उक्त प्रतियोगितमा १० समूह सहभागी भएको बताइएको छ