सिन्धुली । मरिण गाउँपालिकास्थित इलाका प्रहारी कार्यलय कपिलाकोटमा अभियुक्त पक्ष र प्रहरीबीच झडप भएको छ। जिल्ला प्रहरी कार्यलयका डिएसपी लोकदर्शन थापाका अनसार अभियुत्त पक्षले प्रहरीमाथि ढुंगामुडा गरेपछि झडप भएको हो।
दुई पक्षबीच झडप भएपछि स्थिति तनाबग्रस्त बनेको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले २० राउन्ड हवाई फायर गरेको छ।
स्थानीयहरूबीच भएको विवादका क्रममा दुई जनालाई केही दिन अघि प्रहरी पक्राउ गरेको र शनिबार पुनः एक जनालाई पक्राउ गरेपछि स्थिति तनावग्रस्त बनेको हो। स्थानीयले पक्राउ गरेकालाई रिहाइ गर्न माग गर्दै इलाका प्रहरी कार्यालयअगाडि प्रदर्शन गरेका हुन्।