धनुषा । जनकपुरधाममा फोहोर गर्नेलाई एक लाख जरिवाना र ३ महिनासम्म कैद हुने भएको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीप कणेलले जनकपुरमा फोहोर फाल्ने तथा सकडमा फोहर गर्नेलाई १ लाख जरिवाना तथा ३ महिनासम्म कैद हुने बताएका छन् ।

शनिबार साप्ताहिक सरसफाई कार्यक्रम अन्तर्गत जनकपुरको रेल्वे स्टेशनमा सरसफाई गर्ने क्रममा प्रमुख जिल्ला अधिकारी कणेलले जनकपुरको सार्वजनिक ठाउँमा फोहोर गरेको पाइएमा फोहोर साफ गर्न लगाउने र अटेरी गरेमा प्रहरी कार्यालयमा वा वडा कार्यालयमा बुझाउन आग्रह गरेका छन् ।

जनकपुर ऐतिहासिक र धार्मिक पहिचान बोकेकोले यहाँ मदिरा नियंत्रण तथा माछा मासु बिक्री ब्यवस्थित गर्ननिर्देशन प्रजिअ कणेलले निर्देशन दिएका छन् । यस्तै रेल्वे प्रांगणको वरिपरि होटल, पसल नराख्न समेत निर्देशन दिएका हुन्। शनिबारदेखि जनकपुर रेल्वेको स्टेशनको वरिपरी लगायत जनकपुरको अन्य सार्वजनिक ठाउँमा पनि फोहर नगर्ने र गर्न पनि दिने जनकपुरमावासीमा आग्रह गर्दछु, प्रजिअ कणेलले भने, ‘फोहर गर्नेलाई तुरुन्त फोहर टिप्न लगाउनू र अटेरि गरे वार्ड कार्यालय वा नजिकको प्रहरी चौकीमा बुझाउनू ।’

उनले, ‘फोहर गर्ने वा अटेरी गर्नेलाई आबश्यक कार्यवाही गर्न प्रहरी अग्रसर हुनेछ । फोहोर गर्नेलाई १ लाख जरिवानादेखी ३ महीना सम्मको कैद सजाय समेत हुन सक्नेछ।’ कार्यक्रममा जनकपुर रेल्वेको इंजीनियर बिनोद ओझा, जनउमपा १ नम्बर वडाका अध्यक्ष शत्रुध्न साह सहित सरसफाई अभियानी तथा टोलवासीहरूले सघाए ।