काठमाडौं । हेलिकोप्टर उडान अबदेखि छुट्टै रुटमा हुने भएको छ । यसअघि उड्दै आएका रुटभन्दा अझै व्यवस्थित गरेर नयाँ रुट तय गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले बताए ।

उनका अनुसार उडान परीक्षणको रुपमा आजदेखि हेलिकोप्टरले नयाँ रुटको प्रयोग गर्ने छन् । नियमित उडानका जहाजलाई असर नपर्ने गरी काठमाडौं विमानस्थलबाट ६५ सय फिटभन्दा कम उचाइमा उड्न मिल्ने गरी नयाँ हेलिकोप्टर रुट तय गरिएको छ ।

नयाँ रुटमा उडान गर्न पाइलट, इन्जिनियर, एअर ट्राफिक कन्ट्रोलर सबैलाई तालिम दिइसकिएको महाप्रबन्धक क्षत्रीले जानकारी दिनु भएको छ । एक महिना परीक्षण उडान गरेपछि मात्रै नयाँ रुटलाई पूर्ण कार्यान्वयनमा ल्याइने बताइएको छ ।