काठमाडौं । सामुदायिक विद्यालयमा शिक्षक बन्न अब विषयगत लाइसेन्स नै चाहिने भएको छ । तहगत अध्यापन अनुमतिपत्र ‘लाइसेन्स’ वितरण गर्दै आएको शिक्षक सेवा आयोगले पहिलो पटक विषयगत परीक्षा सञ्चालन गर्न लागेको हो ।

शिक्षक सेवा आयोगका प्रशासकीय प्रमुख तुलसीप्रसाद थपलियाका अनुसार लाइसेन्स लिएपछि मात्रै स्थायी शिक्षक पदका लागि उम्मेदवार बन्न पाइनेछ । त्यसका लागि आयोगले लिने विषयगत लाइसेन्सको परीक्षा अनिवार्य उत्तिर्ण गर्नै पर्ने भएको छ ।

यसअघि, आयोगले तहगत रुपमा परीक्षा दिएर लाइसेन्स वितरण गर्ने गरेको थियो । पहिले प्राथमिक, निम्म माध्यामिक र माध्यामिक तहका सबै विषयका शिक्षकका लागि तहअनुसार एउटै मात्र परीक्षा सञ्चालन हुन्थ्यो, भने एकै किसिमको लाइसेन्स वितरण गर्ने गरिएको थियो ।