काठमाडौं । विज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । राष्ट्र संघको आह्वानमा अंग्रेजी संवतको फेब्रुअरी ११ का दिन यो दिवस मनाउने गरिन्छ ।

अन्तर्राष्ट्रिय स्तरमा विकास लक्ष्य हासिल गर्न विज्ञान र लैङ्गिक समानता दुवै मत्वपूर्ण मानिएका छन् । पछिल्लो १५ वर्षमा, विश्व समुदायले विज्ञानमा महिलाहरूको उत्साहपूर्ण संलग्नता बढाउने प्रयास गरिएको छ ।

विश्वभरका खोेजकर्ताहरु मध्ये महिला सहभागित ३० प्रतिशत भन्दा कम रहेको तथ्याङ्क छ । समाजमा रहेको लैङ्गिक असमानताको असरले पनि विज्ञानतर्फ महिला आकर्षण बढ्न नसकेको विज्ञहरुको अनुमान छ ।