काठमाडौं । आज विक्रम संवत् २०७५ साल माघ महिनाको २८ गते सोमबार । नेपाल संवत ११३९ सिल्लाथ्व षष्ठी । ११ फेब्रुअरी, २०१९ । अहिले विरोधकृत् संवत्सर चलिरहेको छ ।

सूर्य उत्तरायणमा छन् । हेमन्त ऋतु अन्तर्गत माघ शुक्लपक्षको षष्ठी तिथी बिहान ११ बजेर १ मिनेटसम्म रहनेछ । यो महिनाका देवता माधव र मासदेवी रुक्मिणी हुन् । सूर्य मकर राशिमा छन् । वृहस्पति वृश्चिक राशिमा छन् । अश्विनी नक्षत्र भरे बेदुकी ५ बजेर २३ मिनटसम्म रहनेछ । सोमबार (आज) शुभ योग र गर करण परेको छ ।

यस्तै, चन्द्रमा मेष राशिमा छन् । आज स्कन्ध षष्ठी तिथि हो । आजका दिन कुमार कार्तिकेयको उपाशना शुभ रहनेछ । शास्त्र अनुसार शिव पार्वतीपुत्र कुमार कार्तिकेयको उपासना गर्नाले सुख समृद्धि प्राप्त हुन्छ, भन्ने मान्यता छ ।