काठमाडौं । लगातार चार दिन बदली भएको मौसममा सोमबार फेरि गडबडी सुरु भएको छ । आइतबार मौसममा सुधार आएपनि सोमबार फेरि बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायुको प्रभाव फेरि बलियो भएर आएकोले सोमबार मौसममा आशिंक देखि सामान्य बदली रहने महाशाखाले उल्लेख गरेको छ । आइतबार भने देशभर घाम लागेको थियो । तर, सोमबार देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहने महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

उच्च पहाडी भेगका केही स्थानमा हल्का वर्षा र हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।