काठमाडौं । आज विक्रम संवत् २०७५ साल माघ महिनाको २९ गते मंगलबार । नेपाल संवत ११३९, सिल्लाथ्व सप्तमी । १२ फेब्रुअरी २०१९ । अहिले विरोधकृत् संवत्सर चलिरहेको छ ।

सूर्य उत्तरायणमा छन् । हेमन्त ऋतु अन्तर्गत माघ शुक्लपक्षको सप्तमी तिथि विहान ११ बजेर ४ मिनेटसम्म रहनेछ । यो महिनाका देवता माधव र मासदेवी रुक्मिणी हुन् । सूर्य मकर राशिमा छन्, भने वृहस्पति वृश्चिक राशिमा छन् । भरणी नक्षत्र भरे बेलुकी ५ बजेर ५४ मिनेटसम्म रहनेछ । शुक्ल योग र भद्रा करण परेको छ ।

चन्द्रमा आज मेष राशिमा छन् । आज अचला सप्तमी तिथि हो । माघ शुक्ल सप्तमीलाई रथसप्तमी पनि भनिन्छ । यो दिन सूर्य भगवान्को उपासना शुभ मानिन्छ । यसैगरी सूर्याेदय ६.४७ मा भयो भने, सूर्यास्त भरे बेलुकी ५ बजेर ५१ मिनेटमा हुनेछ ।