काठमाडौं । आज विक्रम संवत् २०७५ साल फागुन महिनाको ५ गते आइतबार । नेपाल संवत ११३९, सिल्लाथ्व त्रयोदशी । १७ फेब्रुुअरी २०१९ ।

अहिले विरोधकृत् संवत्सर चलिरहेको छ । सूर्य उत्तरायणमा छन् । शिशिर ऋतु अन्तर्गत माघ शुक्लपक्षको त्रयोदशी तिथि सोमबार विहान २ बजेर ३२ मिनेटसम्म रहनेछ । यो महिनाका देवता गोविन्द र मासदेवी धात्री हुन् ।

सूर्य कुम्भ राशिमा छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । पुनर्वसु नक्षत्र दिउँसो २ बजेर १३ मिनेटसम्म रहनेछ । आज आयुष्मान योग र कौलव करण रहेको छ । यसैगरी, आज सूर्योदय ६ बजेर ४२ मिनेटमा भयो भने सूर्यास्त बेलुका ५ बजेर ५५ मिनेटमा हुनेछ ।

चन्द्रमा मिथुन राशिमा छन् । आज प्रदोषव्रत परेको छ । आजको सन्ध्याकालीन समय दोषयुक्त रहने भएकाले शिवजीकोे मात्र उपासना शुभ रहनेछ ।