एजेन्सी । म्यान्चेष्टर सिटी एफए कपको क्वार्टरफाइनलमा पुगेको छ । गए राति भएको खेलमा म्यान्चेस्टर सिटीले न्युपोर्ट काउन्टीलाई ४–१ ले हराउँदै क्वार्टरफाइनलमा पुगेको हो ।  म्यान्चेस्टर सिटीको जितमा फिल फोडिनले दुई, लिहो स्यान् र रिया महरेशले समान १–१ गोल गरे । न्युपोर्ट काउन्टीका लागि फोरे क्यामण्डले एक गोल फर्काए ।

दुबै टोलीले पहिलो हाफसम्म गोलरहित बराबरी खेलेका थिए । तर, दोस्रो हाफमा सिटीले उत्कृष्ट प्रदर्शन गर्दै चार गोेल गर्दा न्युपोर्टले एक गोल मात्रै गर्न सफल भयो । ५१औ मिनेटमा स्यान्ले गोल गर्दै सिटीलाई अग्रता दिलाए । फोडिनले ७५औ मिनेटमा गोल गर्दै सिटीको अग्रता दोब्बर पारे । क्यामण्डले ८८औं मिनेटमा गोल गर्दै न्युपोर्टलाई २–१ गोलको स्थितिमा ल्याए । तर, सिटीका लागि फोडिनले ८९औं मिनेटमा र महरेशले खेलको अतिरिक्त समयमा गोल गर्दै ४–१ गोलको जित दिलाए ।