राजविराज । ट्रक दुर्घटनामा परी सप्तरीमा दुई जनाएको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिमा भएको ट्रक दुर्घटनामा दुईजनाको मृत्यु भएको हो ।

ट्रकमा सवार बारा निजगढ नगरपालिका– ८ का २५ वर्षीय भरत तामाङ र उदयपुरका २१ वर्षीय अशोक लामाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक डीएसपी भावेश रिमालले बताए ।

उनीहरुको घट्नास्थलमै मृत्यु भएको र ट्रक चालक बारा जिल्ला निजगढ नगरपालिका– ८ का २१ वर्षीय सौरभ लामा घाइते भएकाले उनको ठेलियास्थित धर्मेश्वर अस्पतालमा उपचार भइरहेको डीएसपी रिमालले जानकारी दिए ।

मैदाको पीठोका बोरा बोकेर पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ट्रक अनियन्त्रित भई रुखमा ठोकिएको थियो ।