काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग आज साँझ प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष र प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले भेटवार्ता गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीको निमन्त्रणमा शीतल निवासमा नेकपा अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्ष दलका नेता देउवा र काङ्ग्रेस उपसभापति विजयकुमार गच्छदार राष्ट्रपति कार्यालय पुगेका हुन् ।

राष्ट्रपति भण्डारीसँग नेताहरुले देशको वर्तमान पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।