काठमाण्डौँ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले विगतका वर्ष जस्तो यो वर्ष पाठ्यपुस्तक अभाव नहुने जनाएको छ । केन्द्रले कक्षा १ देखि १०सम्मका पाठ्यपुस्तक छपाइ र विक्रिवितरण गर्ने आफ्नो दायित्व समयै पूरा गर्ने गतिले काम भइरहेकाले यो वर्ष पाठ्यपुस्तक अभाव नहुने जानकारी दिएको हो ।

केही दिन पहिले हिमाली जिल्लामा शैक्षिक सत्र शुरु भएपनि विद्यार्थीको हातमा पाठ्यपुस्तक नपुगेको भन्दै सामाचार प्रकाशन भएपछि जनक शिक्षाले प्रेस विज्ञप्ति नै जारी गरेर पाठ्यपुस्तक सम्बन्धित जिल्लामा पठाइसकिएको दावी गरेको छ । गएको
वुधबारदेखि हिमाली जिल्लामा नयाँ शैक्षिक सत्र सुरु भएको छ ।

हिमाली जिल्लाका लागि आवश्यक किताब बिक्रेतामार्फत पठाइसकेको उल्लेख गर्दै जनक शिक्षाले पोहोर साल विक्रिवितरण भएको भन्दा बढी नै, एक करोड ७१ लाख पाठ्यपुस्तक छपाइ गरी नौ वटा स्टोरमा राखिसकिएको जानकारी समेत दिएको छ । जनक शिक्षा केन्द्रले ती पाठ्यपुस्तक लक्ष्य अनुसार आउने चैत २० गतेभित्रै ११ सय आधिकारिक बिक्रेतामार्फत विद्यालयमा पु¥याउने व्यवस्था मिलाइसकिएको समेत जानकारी दिएको छ ।