काठमाडौंं । आज विक्रम संवत् २०७५ साल फागुन महिनाको ७ गते मंगलबार । नेपाल संवत ११३९, पुन्ही । १९ फेब्रुअरी २०१९ । अहिले विरोधकृत् संवत्सर चलिरहेको छ । सूर्य उत्तरायणमा छन् । शिशिर ऋतु अन्तर्गत माघ शुक्लपक्षको पूर्णिमा तिथि राति ८ बवेर ५० मिनेटसम्म रहनेछ ।
यो महिनाका देवता गोविन्द र मासदेवी धात्री हुन् । सूर्य कुम्भ राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । अश्लेषा नक्षत्र दिउँसो ११ बजेसम्म रहनेछ । यसैगरी आज शोभन योग र भद्रा करण रहेको छ । यसैगरी आज सूर्योदय ६ बजेर ४० मिनेटमा छ भने सूर्यास्त बेलुका ५ बजेर ५६ मिनेटमा हुनेछ । चन्द्रमा आज कर्कट राशिमा छन् ।
आज श्रीस्वसथानी व्रत समापन गर्ने दिन हो । आज महिनादिनसम्म गरिएको उपासनाको विशेष धार्मिक कार्यपूर्वक समापन गरिन्छ । यसैगरी पूर्णिमा व्रत पनि आज नै परेको छ । माघ शुक्ल पूर्णिमासँगै माघस्नानको पनि समाप्ति हुने गर्दछ ।