काठमाडौं । ६९औँ प्रजातन्त्र दिवसको अवसर पारेर पोष्ट पब्लिकेशन प्रालिले पोष्टदैनिक डटकम अनलाईन पोर्टलको औपचारिक सुभारम्भ गरेको छ ।
अनलाइनको औपचारिक सुरुवात व्यवसायी कुमार कार्की र पत्रकार निमिष झाले संयुक्त रुपमा सुभारम्भ गरे ।
पब्लिकेशन र अनलाइन दुबैलाई प्रगतिको शुभकामना दिँदै व्यवसायी कार्कीले विश्वसनीयतालाई ख्याल गर्न सुझाव दिए । व्यवसायी कुमार कार्की नै पोष्टदैनिकको पहिलो विज्ञापनदाता भएकाले सम्मान स्वरुप उनैबाट औपचारिक सुभारम्भ गरिएको हो ।
यस्तै, पत्रकार निमिष झाले छापा वा विद्युतीय दुवै माध्यमतर्फ संख्यात्मक विकास भएपनि समाचार सम्प्रेषणको परम्परा सुध्रिन नसकिएको बताए ।
उनले भने, ‘संख्यात्मक विकास धेरै भयो । गुणात्मक विकास भएन । समाचार सम्प्रेषणमा विचार गर्न छोडियो । कुनै एक विषयमा पक्ष वा विपक्षको कुरा मात्रै मात्रै आएको तर, सत्य कुरा नआएको समस्या विद्यमान छ । यतिसम्म कि नेपाली पत्रकारिता आफै बहसको विषय बनिसकेको छ ।
संस्थाका कार्यकारी निर्देशक भीम विश्वकर्माले पोष्टदैनिकको स्थापना र परिकल्पना निकै सोध खोजका साथ गरिएकाले यो समाचार पोर्टलले विश्वसनीयता र संमाचारको संरचना एवं भाषिक शुद्धतालाई केन्द्रमा राखेर काम गर्ने बताए ।