गलकोट । जीप दुर्घटनामा परी बागलुङमा तीन जनाको मृत्यु भएको छ । जैमिनी नगरपालिका–८ छिस्तीमा मंगलबार साँझ भएको जीप दुर्घटनामा चार जनाको मृत्यु भएको हो ।

ध १ ज ७९१ नम्बरको जीप छिस्तीको टुनीबोटमा दुर्घटना भएको हो । छिस्तीको जनकल्याण माविको वार्षिकोत्सव मनाएर घर फर्किंदै गरेका विद्यार्थी अभिभावक सवार जीप दुर्घटनामा परेको वडाध्यक्ष विजय शर्मा अधिकारीले बताएका छन् ।

सडकदेखि करीब ७०० मिटर तल खसेको जीपमा यती नै मानवीय क्षति भएको एकिन गर्न नसकेको अधिकारीको भनाइ छ । घटनामा उद्धारको कार्य भइरहेको र विस्तृत विवरण आउन नसकेको प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिए ।