एजेन्सी । भारत पुलवामा भएको आतंकवादी आक्रामणमा परी सहिद भएपछि अहिले निधन भएकाको परिवारलाई सहयोग गर्न बलिउडका कलाकारदेखि आममानिस लागेका छन् । बलिउडका केही कलाकारले सार्वजनिक रुपमै सहयोगको घोषणा गरेका छन् भने केही कलाकार गोप्य रुपमा सहयोग गरेका छन् । तर, यस्ता समाचारबाट बाहिर रहेका कलाकारलाई ट्रोल गरेर उनीहरुको राष्ट्रियतामा प्रश्न गर्नेहरुको पनि कमी छैन ।

बलिउडका नायक साहरुख खान पनि यस्तै ट्रोलबाट आजित छन् । साहरुखले च्यारेटीलाई प्रचार गर्ने माध्यम होइन भन्दै आएका छन् । यसैले पनि उनले पुलवा आक्रामणमा सहिद भएकाहरुको परिवारलाई सहयोग नगरेको भन्दै उनको राष्ट्रियतामा प्रश्न उठाइएको छ ।

साहरुखको राष्ट्रियतामा प्रश्न उठाएपछि अहिले उनका फ्यान यसको विरुद्ध ट्विटरमा आक्रामक रुपमा अगाडि बढेका छन् । ट्विटरमा उनीहरुले ‘साहरुखविरुद्ध झुटा खबर बन्द गर’ भन्ने ह्यासट्याग नै बनाएर ट्विट गरिरहेका छन् । साहरुखले यसअगाडि गरेका च्यारेटी र उनको योगदानको बारेमा ट्विटरमा उनका फ्यानहरुले चर्चा गरेका छन् ।