मुलुकको शासन व्यवस्थाबारे थुप्रै बहस हुन्छन् । विचार विमर्श हुन्छन् । तर, सत्तामा बस्ने अथवा बस्न खोज्नेहरुले स्थायी राजनीतिक संयन्त्रको गफ लगाइरहन्छन् । तर, केही टिप्पणीकारहरुले भनेका तथ्यहरुले नेपालको इतिहासमा १०–१० वर्षको फरकमा नयाँ उथलपुथल हुने गरेको छ । विगतदेखि अहिलेसम्मको इतिहासमा त्यही कुरा दोहोरिदै आएको छ, पनि । अहिले मुलुक नयाँ संघीय लोकतान्त्रि व्यवस्थामा प्रवेश गरेको भनिएपनि ढुक्क हुने आधार बनिसकेको छैन । हामीले प्रजातन्त्र दिवसको अवसर पारेर व्यवस्थाभित्र विषय खोज्ने प्रयास गरेका छौँ ।

प्रजातन्त्र भन्ने बित्तिकै तपाइको दिमागमा के आउछ ?

-नन्दप्रसाद रुपाखेती, जनआन्दोलनका घाइते
प्रजातन्त्र भन्ने वित्तिकै जनताको हक अधिकार स्थापित भइसकेको व्यवस्था भन्ने बुझ्दछौँ हामी । हामी विभिन्न कालखण्डमा प्राण आहुति दिन तयार भएकै हो । त्यसको पछिल्लो उदाहरण हो, राजसस्था फाल्न गरिएको प्रयत्न । त्यसपछि पञ्चायती व्यवस्था खारेज गरिदिएपछि संसदीय परम्परामा आइयो । तर, अहिले त्यो सुधारिएको संसदीय व्यवस्थाले पनि मुलुकमा भष्ट्राचार रोकेन । २०५१ सालमा तत्कालीन माओवादीले देशमा सशस्त्र संघर्षका नाउँमा हत्या, हिंसा बढ्यो फेरि जनताले नै दुःख पाए । हक अधिकारको लागि लडेको घाइतेहरुको पनि अहिले बेहाल छ । परिवर्तनका लागि लडाइको मैदानमा उत्रिएकाहरु पिल्सिएका छन् । धेरै टाढा जानु पर्दैन केही दिन पहिले माइतीघरमै माओवादी पूर्व लडाकुहरु कयौँ रात चिसोले कठ्याङ्ग्रीए । तर, यहाँ सुनुवाईको अवस्था निकै कमजोर छ । कमजोर वर्गको आवाज सुनिदैन । यी र यस्तै कुरा आउँछन्, प्रजातन्त्र, लोकतन्त्र वा गणतन्त्र जे सुकै भनिए पनि ।

 

२००७ सालसँग अहिलेको परिस्थितिलाई जोडेर हेर्दा के देखिन्छ ?

–खेमराज रेग्मी, अध्यक्ष ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल
प्रजातन्त्र भनेको वास्तवमा कानुनी राज्यको शुरुवात हो । जनता नै सर्वेसर्वा हुन् भन्ने हो । कानूनको दृष्ट्रिकोणबाट सबै समान हुन्छन्, भन्ने हो । सबैलाई आफ्ना विचारहरु अभिव्यक्त गर्ने मौका मिल्छ, भन्ने हो । कसैले कानून भन्दामाथि गएर गलत काम गरेको खण्डमा जतिसुकै माथिको मान्छे भएपनि त्यो दण्ड सजायको भागिदार हुन्छ भन्ने हो । अब हामीले वास्तवमा प्रजातन्त्र न्यायको सुरुमा पनि जनताको शासन हुन्छ, प्रजातन्त्र हुन्छ । जहाँ मान्छेका विचारहरु अभिव्यत्तिहरु स्वतन्त्रतापूर्पक व्यक्त गर्न पाइन्छ । कानुनी राज्य हुन्छ, अधिकार चाँही समान हैसियत हुन्छ ।  अनि ठूलो सानो भनेर भेदभाव गरिदैन भन्ने चाँही यसको मूल तात्पर्य हो । तर, अहिले आएर के देखियो भन्देखिनलाई जुन कानुनका नजरमा सबै समान हुन् भन्ने कुराहरु पनि पूर्ण रुपले कार्यन्वयन हुन सकेनन् । ऐनहरु पनि के भो भने जुन हाम्रो चलनचल्तीमा एउटा उखान छ, सानालाई ऐन ठूलालाई चैन भन्ने त्यो चरितार्थ भएको देखिन्छ । जस्तो भष्टाचारले अहिले मुलुक त्यति राम्रो स्थितिमा छैन । अर्थात, सुशासनको दृष्टिकोणले भन्ने हो भने मुलुक ज्यादै पछाडि छ । जनताले आफ्ना अभिव्यत्तिहरु स्वतन्त्रतापूर्वक मर्यादित ढङगले भन्न पाउने विषयमा कता–कता बन्देज लाग्ने हो कि भन्ने त्यस्तो वातावरण सिर्जना भैराखेको छ केही दिनको माहोलले । स्वतन्त्रता भन्नाले व्यक्तिगत स्वतन्त्रताहरु हुन् । व्यक्तिका विभिन्न स्वतन्त्रता हुन्छन्, मौलिक अधिकारहरु हुन्छन् । तिनलाई निर्वाध ढङ्गले उपयाग गर्न पाइन्छ भन्ने हिसावले मानिस ७ सालको क्रान्तिमा होमिए । कयौंले सहादत प्राप्त गरे त्यो अनुरुप अहिले मुलुक भने अघि बढ्न नसकेको कोही भन्ने जस्तो चाही देखिएको छ ।

अहिलेको संरचनालाई नागरिक समाजको चस्माबाट हेर्ने हो भने, हामी कति मर्यादित र अनुशासित छौँ ?
अब यस्तो के हा भने प्रजातन्त्रमा भनेको एउटा अनुशासनमा बस्ने काम गर्ने, विचार व्यक्त गर्ने पद्दति पनि हो, यो । अनि, आफैले आपैmलाई अनुशासनमा राख्ने पद्दति पनि । बोल्न पाएम् भनेर अमर्यादित ढंङगले बाल्ने कुरा पनि होइन । आफ्ना विचारहरु सन्तुलित ढङ्गले मर्यादित ढङ्गले राख्ने र जस्ले त्यो कुरा सुन्नु पर्ने हो त्यसले सहिष्णुतापूर्वक सुन्ने र त्यसमा उठाइएका आवाजहरु जायज छन् भने त्यलाई विधि अनुरुप कार्यान्वयन गर्ने, यदि गलत कुराहरु छन् भने त्यलाई पनि शिष्टतापूर्वक यी अभ्यासहरु गलत छन् है भनी जानकारी दिने । यो काम प्रजातन्त्रमै हुन्छ ।

इतिहासको दृष्टिबाट प्रजातन्त्र दिवसलाई सम्झिनु पर्ने कारणहरु केही छन् ?

-प्राध्यापक डाक्टर सुरेन्द्र केसी, इतिहासका जानकार   
प्रजातन्त्र दिवसको सन्दर्भमा पनि जसलाई हामीले हया प्रजातन्त्र भनेर अभ्यासमा ल्याएका छौँ । अब यो सापेक्षिक कुरा पनि हुनसक्छ । यसलाई हुलमुलमा यीनीहरुले प्रजातन्त्र भनेका छन् । जुन दिन यो प्रक्रिया सुरु भो नयाँ युगको सुत्रपात भएको द्धार भनेको छ, वीपी कोइरालालाई । र, नेपालमा प्रजातन्त्रको संस्थागत सुरुवात गर्ने वीपी नै भएको हुनाले उनलाई उदारणमा ल्याउन उपयुक्क्त हुन्छ होला । आधुनिक युगको ढोका उघार्ने यो घटना नै नेपालमा प्रजातन्त्रको सुरुविन्दू हो ।

२००७ पछिका दिनलाई इतिहाससँग कसरी, कहाँ जोड्ने ?
यो प्रजातन्त्र मैले भने सापेक्षिकता हो । प्रजातन्त्र भन्ने वित्तिकै राजनीतिक अधिकारमा पनि प्रजातन्त्र हुँदैन । ठाँउसंगै सांस्कृतिक र आर्थिक अधिकार पनि प्रजातन्त्र हुन्छ । नेपालमा राजनीतिक अधिकार छ, तर, सांस्कृतिक र आर्थिक अधिकार अहिले पनि प्राप्त छैन । यो मानेमा नेपालमा प्रजातन्त्र आएकै अपुरो विषय जस्तो मलाई लाग्छ । समाजमा जतिले त्याग गरेका छन् । अथवा शहीदहरुले त्यसको सापेक्षेतामा हामीलाई बाँकी प्रतिफल प्राप्त छैन । तर, हामीले तय गरेको इतिहास यही नै हो र यसैलाई पूर्णता दिनुर्कोे विकल्प हामीसग अर्को छैन भन्न सकिन्छ ।

प्रजातन्त्र बहालीपछि शिक्षाको के हाल भो ?

-प्राध्यापक डाक्टर विद्यानाथ कोइराला, शिक्षविद्

पढ्न बन्देज थियो प्रजातन्त्र अगाडि । अथवा २००७ साल अगाडि । पछि पढ्न पाउने भए । सरकारले पनि ल खोल भनेर खुलेआम रुपमा खोल्न दियो स्कूलहरु । र, तीमिहरु खोल म सघाउछु भनेर पनि भन्यो । त्यसो गर्दाखेरी एउटा पाटो कसरी आयो भन्देखिन् टाठाबाँठा मान्छे र पहुँच भएका मान्छेले स्कुल पनि खोले । पढ्न पनि पाए । यसरी माथिल्लो वर्ग वा चेतना भएको वर्ग र धन भएको वर्गले सुविधा पायो । अरु वर्गले चुइँक्क पनि सुविधा पाएनन् । प्रजातन्त्रपछि भएको कुरा त्यो हो ।

विद्यालयको जुन संख्यात्मक वृद्धि भयो नि डाक्टरसाब त्योपछि हामीलाई प्रतिफल मिल्यो त ?
एकदमै दिएको छ । पञ्चायतको बेलामा केही कुराहरु आयो । जसले गर्दा वडा वडामा स्कुल लैजाने किसिमको काम भयो । बहुदल आइसकेपछि २०३६ पछि फेरि विस्तारै यो विधालयहरु थप्ने क्रम बढ्यो ।