काठमाडौं । आज विक्रम संवत् २०७५ साल फागुन महिनाको ८ गते वुधबार । नेपाल संवत ११३९ सिल्लागा, पारु । २० फेब्रुअरी २०१९ । अहिले विरोधकृत् संवत्सर चलिरहेको छ ।

सूर्य उत्तरायणमा छन् । शिशिर ऋतु अन्तर्गत माघ कृष्णपक्षको प्रतिपदा तिथि बेलुका ७ बजेर २८ मिनेटसम्म रहनेछ । यो महिनाका देवता गोविन्द र मासदेवी धात्री हुन् । सूर्य कुम्भ राशिमा छन्, भने वृहस्पति वृश्चिक राशिमा छन् । मघा नक्षत्र विहान ९ बजेर २० मिनेटसम्म रहनेछ ।

आज अतिगण्ड योग र बालव करण रहेको छ । चन्द्रमा आज सिंह राशिमा छन् । आजबाट फागुन कृष्णपक्षको आरम्भ भएको छ । चान्द्र महिना अनुसार आज फागुन कृष्णपक्षको प्रतिपदा तिथि हो । आजबाट क्रमशः चन्द्रमाको उज्यालो भाग घट्दै जान्छ । आज सूर्योदय ६ बजेर ३९ मिनेटमा हुँदा सूर्यास्त भरे बेलुकी ५ बजेर ५७ मिनेटमा हुनेछ ।